हिन्दु नेपालीहरू महान चाड तिहार सकिएसंगै कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने छठपुजाको तयारीमा धमाधम जुटेका छन् ।
विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व पछिल्लो समयमा नेपालका विभिन्न जात जातिहरुले बिभिन्नस्थानमा मनाउन थालेपछि पर्वलाई धुमधामका साथ मनाउन पानीको ताल, पोखरी र नदि छेउछाउमा तयारी भइरहेको छ ।
यसै विच बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरकै वडा नम्बर– १ स्थित राप्तीतटमा संयुक्त मधेसी सेवा समाज नेपालद्धारा छठपुजा समारोह समितीको संयोजनमा राप्ती तटलाई सजाइदै छ ।
हेटौंडामा पनि निरन्तर रुपमा छठ पर्व मनाइँदै आइएको छ भने यस वर्ष पनि हेटौंडा–१ स्थित राप्ती तटको किनारमा भव्य तयारी गरिएको हो ।
सोही स्थानमा ब्रतालु देखि अवलोकन गर्न आउनेहरुका लागि मध्य नजर गर्दै तयारी तिब्र गतिमा तयारी भइरहेको आयोजकले जनाएको छ ।
करिब ६ सय फिट लम्बाइ र २० फिट चौडाईका पण्डाल निर्माण गरिएको छ भने व्यवसायिक स्टलहरूले समेत निर्माण गरिएको छ ।
पूजास्थलको मध्य भागमा छठी माताको मूर्ति निर्माण कार्य पनि सम्पन्नको चरणमा रहेको छ ।
यसवर्षको पुपा स्थलमा लगभग ५० देखि ६० हजार भक्तजन तथ अवलोकनकर्ताहरू आउने आयोजकको अनुमान रहेको छ ।
कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन नगर्ने र निरामिष ९सात्विक० भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्पराको पर्व मानिएको हो भने राप्ती तटमा बनाइएको छठीघाटमा सूर्यदेव र षष्ठी ९छठी० देवीको महिमा गाइएका गीत गुञ्जँदैछन्।
सूर्य उपासनाको महापर्व कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खाने छन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ। पूजा सामग्री बोकेर राप्तीतटमा पुगेर पुजा सम्पन्न गर्ने छन् ।