हेटौंडा उपमहानगरनगर–१६ हटिया रंगसाला स्थित एक घरभित्रबाट विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प उद्धार गरिएको छ ।
हटिया रंगशाला नजिकको एक घरभित्र किङ्ग कोब्रा सर्प फेला परेपछि स्थानीय बासिन्दा त्रासमा परेका थिए ।
सर्प देखिएलगत्तै घरधनीले ठुलो र डरलाग्दो सर्प देखियो भन्दै प्रहरीलाई खबर गरे। त्यसपछि हेटौंडाका संचारकर्ममा समेत सक्रिय रहेका पत्रकार राजेश थापा  ‘गरिब’ र रोशन दिपलाई सर्प उद्धारका  लागि अनुरोध गरेपछि उक्तस्थलमा  पुगे।
डिभिजन बनको समन्वय स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा  जोखिम मोलेर सुरक्षित रूपमा नियन्त्रणमा लिँदै किङ्ग कोब्रा सर्प गरिब र दिपले उद्धार गरेका हुन्।


हेटौंडाका संचारकर्ममा समेत सक्रिय रहेका पत्रकार गरिब र दिपले उद्धार गरेको किङ्गकोब्रा सपलार्ई  डिभिजन वन कार्यालय मकवानपुर कै समन्वयमा निकुञ्ज क्षेत्रको मानव निषेधित वन क्षेत्रमा पुनः छोडिएको हो ।

उद्धार गरिएको सपलार्ई मनव र सर्प दुबैको सुरक्षा हुने गरि छाडिएको बन अधिकृत बसन्तराज गौतमले बताए ।
डिभिजन बन अधिकृत गौतम भन्छन् “मानव बस्तमिा प्रवेश गरेको सर्प उद्धार गर्ने कार्यले मानवको डर अन्तय गर्ने प्रयासका लागि धन्यवाद छ ।  सर्प उद्धारमा निशुल्क खटिएर गरेको कार्य निकै महत्वपुण प्रसंसायोग्य हो ।


विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु मानिने सर्प  किङ कोब्रा, किङ्ग कोब्रा सर्प ,सर्पको राजा राजगोवन  र  कालीनाग समेत भन्ने गरिन्छ ।
यसको वैज्ञनिक ओफियोफेगस हाना हो। ‘ओफियो’ को अर्थ सर्प र ‘फेगस’ को अर्थ खाने भन्ने हुन्छ — अर्थात् यो प्रजाति प्रायः अन्य सर्पहरूलाई नै खान्छ। यही कारण यसलाई “सर्पको राजा” भनिन्छ। यो सर्प औसतमा १८ फिट सम्म लामो हुन्छ। यसको टोकाइमा हुने न्युरोटक्सिक भेनम अत्यन्त घातक हुन्छ — एक पटकको टोकाइले करिब २० जना मानिस वा एक हातीसम्म मर्ने भेनम विषको मात्रा हुन्छ।
तर, विज्ञका अनुसार, किङ्ग कोब्रा बुद्धिमान र संवेदनशील सर्प हो। यो अनावश्यक रूपमा आक्रमण गर्दैन। मानव सम्पर्क नहोस् भन्ने प्रयासमा नै प्रायः जंगलतर्फ लाग्छ। जब यसको बासस्थानमा दखल पर्छ, त्यतिबेलामात्र यो आक्रामक बन्छ।
…………………….

सर्प उद्धारकर्ताको प्रयासमा पुग्दा सर्प घरभित्र सर्प पसेपछि  स्थानीयहरुको समेत सात्तो हराएको थियो । सुरुवातमा सर्प पहिचान नभएपनि मनमा भएको डर अनि सर्प पहिचान पछि अझै त्रसित बनेका थिए ।  सर्प उद्धारपछि खुसी भएका थिए ।
एक स्थानीयले भने,  “हामी डरले बोल्नै सकेका थिएनौ सर्प देख्दा । तर,  सर्प निकालेर शान्त रूपमा सर्प र मानव दुबैको  जीवनरक्षा गर्नु निशुल्क रुपमा यो साँच्चै सराहनीय कार्य हो।”

सोहीक्रममा सर्प उद्धारका लागि खबर गरेपछि तत्काल आएर उद्धार गरेको भन्दै रुपेश थापाले धन्यवाद व्यक्त गरे ।
उनले भने “मेरो ससुराली घरमा सर्प आयो भनेपछि सबैको सात्तो गयो ।यो सर्पलाई दख्खल पर्ने काम भएको अवस्थामा टोक्थ्यो अनि जे पनि हुन सक्थ्यो । सम्भावित घटना दुर्घटनाबाट जोगाई दिनुभयो । आभारी छोँ ।”
यसैक्रममा हेटौंडा वडा नं १६ की वडा सदस्य संगिता विश्वकर्माले खुसी व्यक्त गरिन ।


उद्धारकर्ताद्वयले निःस्वार्थ रूपमा निशुल्क सेवामुखी भएर गरेको काम प्रसंसांयोग्य भएको उल्लेख गरिन् ।
भनिन्, “किङ्ग कोब्रा सर्प देख्दा अत्यन्त डर लागेको थियो, यस्तो ठूलो सर्प पहिलो पटक देखेकी हुँ। यसलाई नियन्त्रण गरेर मानव र सर्प बचाउने अभियान प्रशंसनीय छ।”
उद्धारकर्ता गरिब भन्छन् “सर्प विज्ञहरूको भनाइमा, विषालु वा अविषालु जुनसुकै सर्प भए पनि मार्ने होइन, उद्धार गरी जंगलमा फिर्ता पठाउने संस्कृतिको विकास हुन आवश्यक छ। सर्पहरूले वातावरणको सन्तुलन कायम गर्न ठूलो भूमिका खेलेका हुन्छन् — र तिनको अस्तित्व संरक्षण हुनु नै मानव सुरक्षाको आधार हो।”
यसै अभियानमा सर्प संरक्षणका लागि बोलाई दिएको भन्दै गरिब र दिपले धन्यवाद व्यक्त गरे ।


………….
सर्प उद्धारकै क्रममा हेटोंडा क्षेत्र हेर्नेहो भने हेटौंडाका राजेश ‘गरिब’ र रोशन दिपले हालसम्म हेटौंडा क्षेत्रको सबै वडाबाट विभिन्न प्रजातिका सर्प उद्धार गरिसकेका छन्। मकवानपुर, बागमती, गढी छिमेकी जिल्ला बारा र पर्साबाट पनि विषालु सर्पहरु उद्धार गरिसकेका छन्। उनीहरूलाई स्थानीयहरूले पत्रकार संगै “सर्प उद्धार स्वयंसेवक” भनेर समेत चिन्छन्।

हेटोंडा सहित मकवानपुरमा विषालु सर्पहरु किङकोब्रा, मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याक भेटिने गरेको छ ।

त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् ।
त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक भेटिएका छन् ।

सर्प विशेषज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको दुई हजार मिटर को उचाइभेगसम्म पनि सर्प पाइन्छन् ।

(सर्प उद्धारका लागि 9855031145   –  9866122471  सम्पर्क गर्न सकिने छ) ।