आज शुक्रबारबाट नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । मित्र प्रधान ‘नर’ ले निर्देशन गरेका फिल्मले प्रदर्शनको अवसर पाएको छ ।
नेपाली भाषालाई संरक्षणको विषयमा निर्माण भएको फिल्मको बुधबार प्रिमिएरमा नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित रहेको भन्दै राम्रै प्रसंसा पाएको छ ।
……………………………………………………………………………………………………
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949
………………………………………………………………………………………………….
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेका छन् । ज्ञान बहादुर प्रधान ९रोशन०ले निर्माण गरेका हुन् ।
पुर्वको झापा, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल र अमेरिकामा छायाङ्कन गरिएको बताइएको छ ।
सौरभ लामाको डीओपी, दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, बनिष शाहको सम्पादन तथा देव महर्जनको द्वन्द्व छ । फिल्मले सर्बै सबै नेपालीको भावना बोकेको विषयले दर्शकको मन छुने दावी गरिएको छ ।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय फिल्ममा छ ।
चलचित्रमा नारायण खाती,भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा,बिजिता परियार , देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।




















प्रतिक्रिया दिनुहोस्