 
                            हेटौंडा । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठलाई सिन्धुली जिल्लामा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ प्रजिअहरूको एकैपटक सरुवा गर्दा मकवानपुरकी (प्रजिअ)श्रेष्ठको सिन्धुलीमा सरुवा गरिएको हो ।
गएको फागुन महिनाको १५ गते मकवानपुरको (प्रजिअ)को जिम्मेवारी सम्हालेकी श्रेष्ठको ८ महिनमै सरुवा भएको गृहमन्त्रालयले जनाएको छ । यसअघि सिराहामा कार्यरत रहेका बसन्त अधिकारीले अब मकवानपुरको नयाँ (प्रजिअ) को जिम्मेवारी बसन्त अधिकारीले सम्हाल्ने गृहमन्त्रालयले जानकारी गराएको छ ।


 रातो समाचार संवाददाता
  
                                        रातो समाचार संवाददाता                                    






























प्रतिक्रिया दिनुहोस्