रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा डिसेम्बर १९, पुस ४ गते शुक्रबार देखी अवतारको तेस्रो श्रृंखला रिलिज भएको छ ।
बहुप्रतीक्षित हलिउड फिल्म अवतार को तेस्रो श्रृंखला जसको नाम अवतार : फायर एण्ड एस राखिएको छ।
जेम्स क्यामरुन निर्देशित साम वर्थिङ्टन, जोय साल्दानाको मुख्य अभिनय रहेको फिल्ममा पाण्डोरा नामक काल्पनिक ग्रहको आदिवासी जातीको कथालाई देखाउन खोजिएको छ।
इतिहासमा अहिलेसम्म विश्वमा सर्वाधिक कमाउने शीर्ष ५ को सूचीमा रहेको अवतार’को पहिलो र दोस्रो भागको अन्तिम भाग बताइएको मुवीले फेरी इतिहास रचने अपेक्षा दर्शकहरुले गरेका छन् ।
बक्स अफिसमा मुवीले बाजी मार्न कतिको सफल हुन्छ त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।




















प्रतिक्रिया दिनुहोस्