हेटौंडा । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोपमा एक जना व्यक्त पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको बानेश्वर प्रहरी वृत्तबाट तीन नाल हतियार लुटेको आरोपमा विद्यार्थी नेता सुजन वाइबा पक्राउ गरेको जनाइएको छ । आरोपी सुजन वाइबाले हतियार बोकेर हिँडेको भिडियो मार्फत प्रमाणित भएपछि उनलाई पक्राउ गरेको हो ।

बानेश्वर बहुमुखी क्याम्पसका माओवादी नेता तथा स्ववियु सदस्य समेत रहेका वाइबाले आन्दोलनको समयमा प्रहरी वृत्तमा भएको हतियार लुटपाट प्रकरणमा प्रत्यक्ष संलग्न रहेको आशंकामा पक्राउ परेका र प्रहरी परिसर काठमाडौंले उनीमाथि थप अनुसन्धान थालेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी