हेटौंडा । हेटौँडामा प्रहरीले ९ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन सहित एक युवकलाई पक्राउ गरेको छ । आइतबार साँझ करिब ६ बजे हेटौंडा उपमहानगरपालिका–१५ स्थितरातोमाटे चेकपोष्ट अगाडि सवारीसाधन चेकजाँच गर्ने क्रममा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा।प्र।०३–००१ ज ५१३ नम्बरको यात्रुबाहक इभी गाडीमा सवार युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति चितवन भरतपुर–१२ निवासी २७ वर्षीय लभ ठकुरी रहेका छन् । उनको साथबाट फेला परेको लागूऔषध बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय लागूऔषधको अवैध कारोबार रोक्न सडकमा निगरानी र चेकजाँचलाई कडाइ गरिएको छ।

रातो समाचार संवाददाता
थप जानकारी