 
                            हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा खेलाडी तथा प्रशिक्षकलाई बिहिबार एक कार्यक्रमकोबीचमा सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।
केहि महिना अघिनै अजरबैजानको बाकु शहरमा समपन्न अन्तर्राष्ट्रिय बुडो मार्शल आर्ट च्यापियनशिप २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुरका क्योकुशिन कराँते खेलाडी सुदर्शन खतिवडाले नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएका थिए । उक्त कार्यको कदर गर्दै उनलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले संयुक्त रुपम सम्मानपत्र हस्तान्तरण गरेका छ्न् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-२ का असोक लामालाई पनि सम्मान गरिएको छ । स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक भूमिका निर्वाह गर्दै आएका कामको उच्च मूल्याङ्कन गर्दै अशोक लामालाई सम्मान गरेको बताइएको छ । स्पेनकै सिडि अन्तर्राष्ट्रिय क्लबमा आवद्ध भएर फुटबलमा फरवार्ड पोजिसनबाट खेल्दै आएका उनका छोरा आमेथ लामा रुम्बालाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षतामा तथा पूर्व समाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख समारोह भएको थियो । कार्यक्रममा खेलकुदका सदस्य मदन कृष्ण उप्रेति, रुपा ढुङ्गना लगायतको उपस्थिति रहेको थियो ।


 रातो समाचार संवाददाता
  
                                        रातो समाचार संवाददाता                                    































प्रतिक्रिया दिनुहोस्