मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएकोस्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता शनिबार समापन भएको छ ।
हेटौंडा – १५ स्थित न्यु डाँफे युथको व्यवस्थापनमा गएको माघ १६ गतेदेखि सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब काठमाडौँले उपाधी हात पारेसंगै समापान भएको हो ।
शनिबार नेपाल एपिएफ क्लब काठमाडौँ र न्युरोडटिम एनआरटी विच भएको फाइनल खेलको भिडन्तमा टाइब्रेकर सडेनडेथको अवसर एपिएफका लागि भाग्य बनेको हो ।
फाइनलखेलको भिडन्त हेर्न र आफ्नो समुहको समर्थन गर्नका लागि निकै दर्शकहरु आएका थिए । दुवै टिमका तर्फबाट चलिरहेको भिडन्तमा निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएको हो ।
नतिजा निकाल्नका लागि खेललाई टाइब्रेकरमा धकेलियो ।
टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडेनडेथमा लगिएको हो ।
सडेनडेथमा खेल गएपछि २ १ गोल अन्तरले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै एपीएले उपाधि जितेको हो ।
बुधबार भएको सेमीफाइनल खेलमा भएको ऐतिहासिक टाइब्रेकर सडेनडेथमा रारा क्लब धनकुटालाई पराजित गरेर फाइनल भिडन्तमा एनआरटीआएको हो ।
भर्खरै मात्र इलाम गोल्डकपमा पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले विर्तामोड युनाइटेड झापालाई पराजित गरेर उपाधि उचालेको एनआरटी यसतर्फ उपविजेता बनेको हो । प्रतियोगिताको उपाधी विजेता एपीएफले नगद १५ लाख रुपैयाँ र प्राप्त गर्न सफल भयो भने एनआरटीले १० लाखमा चित्त बुझाउनु परेको हो ।
त्यस्तैगरि प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।
खेलभरिको अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी हुँदै ३५० सिसिको बुलेट बाइक पाउन सफल भए ।
सो बुलेट बाइकको हेटौडा–४ निवासी सन्तोष गौतमले प्रयोजन गरेका हुन् ।
























प्रतिक्रिया दिनुहोस्