हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । पर्सी शुक्रबारबाट प्रतिभा युवा क्लबको आयोजनामा गाउँपालिकामा खुल्ला फुटसल प्रतियोगिता हुन लागेको हो । मकवानपुर जिल्लामा फुटसल खेलको विकास, खेलाडी उत्पादन गर्न, क्षमतावृद्धिका गदै आपसी भातृत्व सम्बन्ध कायम गराउन प्रतियोगिताको आयोजना गर्नको कार्यक्रम संयोजक निरज सिंह ठकुरीले जानकारी दिएका छन् । प्रतियोगितामा मकवानपुरसहित बाहिरी जिल्लाका करिब २० वटा फुटसल क्लबहरुको सहभागिता रहने संयोजक निरज सिंह ठकुरीले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु ५,००० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएका छन् । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भइरहेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्