बागमती प्रदेशको राजधानी हेटौंडामा रही रातो समाचार डटकममा आवद्ध रहेका राजेश थापा गरिब सम्मनित भएका छन् ।

हेटौंडामा मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिद्धारा मकवानपुरे सञ्चारकर्मी गरिबलाई कदरपत्र र नगद सहित सम्मनित गरिएको हो ।

हेटौंडा–४ पारिजातपथ स्थित बहुउदेशीय कर्भाड हलमा आयोजित १६ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको शनिबार सम्पन्न कार्यक्रम माझ तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाअध्यक्षता हेटौंडा उपमहानगरमेयर मिना कुमारी लामाको प्रम्ख अतिथ्यतामा सम्पन्न सम्पन्न कार्यक्रम माझ “गरिब ” लाई  कदरपत्र र नगद राशी ५ हजार प्रदान गरिएको हो ।

मकवानपुरका सञ्चारकर्मी गरिबले खेलकुदको क्षेत्रमा तेक्वान्दोको गतिबिधिहरु सञ्चार जगतबाट सहयोगका लागि हरेकपटक चासो दिएर सबै सामु सूचानहरु पुर्याउने र बिभिन्न समयमा नजिक रही विकासका लागिआवाश्यक सहयोग रहेको भन्दै सम्मान गरिएको हो ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाअध्यक्षता हेटौंडाका पूर्व मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि सुरु गरिएको  तेक्वान्दो प्रतियोगितामा ३सय १५ जना खेलाडीको सभागिता रहेको थियो ।

………………………………

https://ratosamachar.com/31499-2/?fbclid=IwAR3pQ6Ok2wPfGwy1bqJb0nNqTG07IHFyZqx5DlCgpm6A_OTe1Fu3WM0sKbY