आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र – १ का लागि सुरेन्द्र लामा (योन्जन) मकवानपुर क्षेत्र – २ का लागिडा. प्रबिन कुमार स्याङ्तान प्रत्यक्ष उम्मेदवार बनेका छन्
यसैक्रममा मकवानपुरमा पछिल्लो साता उज्यालो नेपाल पार्टीप्रति मकवानपुर वासीहरूको ध्यान उल्लेखनीय रूपमा केन्द्रित भएको पार्टीका पदाअधिकारीको भनाई छ ।
विगतका वर्षहरूमा समाजसेवकको रूपमा मकवानपुर जिल्ला र हेटौडा नगरपालिकाको शिक्षा क्षेत्रमा सक्रिय रहँदै निःशुल्क आइ.टि. ट्रेनिङ, इन्टर्नसिप तथा आइ.टि. रोजगारीका अवसरहरू सिर्जना गर्दै धेरै युवालाई आत्मनिर्भर बन्न सहयोग गरेका व्यक्ती उम्मेदवार बनेको पार्टीको तर्फबाट बताइएको हो ।

अब नयाँ वा पुराना जुनसुकै दल भए पनि केवल कुरामा सीमित हुनेहरूलाई भोट नदिने स्पष्ट धारणा बनिरहेको अवस्थामा कामको अनुभव, सक्षमता र शैक्षिक योग्यताको आधारमा उम्मेदवार चयन गर्ने मनोवृत्ति बलियो बन्दै गएकाले आफ्नो पार्टीका उम्मेदवार रोजाइमा पर्ने भनाई व्यक्त गरिरहेका हुन् ।
इन्जिनियर समेत रहेका सुरेन्द्र क्षेत्र र डा. प्रबिन कुमार स्याङ्तान जिल्ला र देशको सही विकासका लागि अब्बल नेतृत्व दिन सक्ने व्यक्ती नै रहेका ले उम्मेदर बनाइएको बताएका हुन् ।

जनमासमा पुगदै गर्दा उत्साहसँगै पार्टीको संगठनात्मक संरचनासमेत तीव्र रूपमा विस्तार भइरहेको र हेटौंडा उपमहानगरअन्तर्गत वडा नं. १६ भित्र मात्रै तीन वटा वडा कमिटी र दुई वटा टोलस्तरीय कमिटी गठन भइ वडा नं. १३, १४, १५, ६ र ७,५ मा पनि क्रमिक रूपमा पार्टी संरचना विस्तार हुँदै गएको जनाइएको छ।

त्यस्तै, उपमहानगर बाहिरका ग्रामीण क्षेत्र मकवानपुरको बागमती, बकैया र गढी गाउँपालिकामा पनि स्थानीय जनताले सक्रिय चासो देखाउँदै पार्टीप्रति समर्थन जनाइरहेको पार्टीका तर्फबाट जानकारी गराइएको छ ।
सोहीक्रममा गफ र भाषणभन्दा काम र परिणामलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई नयाँ ढंगले योजना बनाई कार्यान्वयन गर्ने उम्मेदवारहरुको भनाई छ ।
विकास भनेको कागजी योजना मात्र नभएर जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन भएकाले आफू अगाडि बढिरहेको बताएका हुन्।
………………………………………………………………………………………………………….
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।
मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।
…………………………………………………………………………………………………………………………


















प्रतिक्रिया दिनुहोस्