Rato Samachar
Sat, 25 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राष्ट्रिय समाचार समाज

कर्णालीमा बालीको उत्पादन घट्यो

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८÷७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैरस्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो । उक्त अध्ययनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घट्नुका साथै प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्रसमेत घटेको पाइएको छ । धानबाली ११ दशमवल ९० प्रतिशत, मकै ८ दशमलव ६५ र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ । प्रतिवेदनले कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको देखाएको छ । धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको छ भने कोदो र फापरले ढाकेको क्षेत्रफल वृद्धि भएपनि उत्पादकत्वमा गिरावट आएको छ । कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताउनुभयो । “कतिपय अवस्थामा जीविकोपार्जन गर्न समेत ग्राहो हुने भएपछि श्रमशक्ति कृषि क्षेत्रबाट पलायन भएर अन्य क्षेत्रमा लागेको देखिन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सहरमा बसाइँसराइका कारण पनि पहाडी जिल्लामा खेती दिनप्रतिदिन घट्दै गएको छ ।” कर्णाली प्रदेशमा आव २०७८÷७९ को पुस मसान्तसम्म दूध उत्पादन ८ दशमलव ४८ प्रतिशतले बढेको छ भने मासु उत्पादन ० दशमलव १२ प्रतिशतले घटेको छ । अण्डा र माछा उत्पादन १२ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो वर्षको सोही अवधिभन्दा २०७९ को पुस मसान्तसम्म कृषि कर्जा प्रवाह ३८ प्रतिशतले बढेर रु चार अर्ब ५४ करोड १४ लाख पुगेको राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । कर्णालीमा मझौला तथा ठूला उद्योग स्थापना र औद्योगिक कर्जा प्रवाहको अवस्था न्यून छ । सञ्चालित लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या २९ हजार दुई सय ४८ पुगेको छ । सबैभन्दा बढी औद्योगिक कर्जा सुर्खेत र कम डोल्पामा प्रवाह भएको छ । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । सुर्खेत, जुम्ला र रारामा पर्यटक लक्षित ठूलो होटल तथा रेष्टुराँ खोल्ने क्रम बढेको देखिएको छ । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्रले आफ्नो लय समातेको छ । अध्ययन प्रतिवेदनअनुसार होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ४० दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा होटल व्यवसायले प्रदान गर्ने रोजगारीमा ३१ प्रतिशतले ह्रास आएको थियो । दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्को क्रममा चिनिया नागरिकको आगमनले ती मुलुकका पर्यटकको सङ्ख्या बढी देखिएको छ । आर्थिक सर्भेक्षणअनुसार कूल ग्राहस्थ उत्पादनमा कर्णालीको हिस्सा ४ दशमलव १ प्रतिशत रहेको छ । राष्ट्र बैंकका प्रादेशिक कार्यालयका उपनिर्देशक विनय सिग्देलले कर्णालीमा प्राकृतिक स्रोत–साधनको उपलब्धता र प्रचुर सम्भावना हुँदाहुँदै पनि उत्पादन तथा राष्ट्रिय अर्थतन्त्रमा रहेको योगदान अन्य प्रदेशको भन्दा कम रहेको बताउनुभयो । कूल ग्राहस्थ उत्पादनमा कर्णालीको कृषि क्षेत्रको ३१ दशमलव ५, उद्योग क्षेत्रको ११ दशमलव १ र सेवा क्षेत्रको योगदान ५७ दशमलव ४ प्रतिशत छ । “कोरोना महामारीले शिथिल देखिएको कर्णालीको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका कृषि, उद्योग, सेवा, पूर्वाधारलगायत क्षेत्र क्रमशः चलायमान बन्दै गइरहेका छन् ।” राष्ट्र बैंकको प्रादेशिक कार्यालयले प्रदेशको आर्थिक गतिविधिको अर्धवार्षिक र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

1хвеt Rеgіѕtrаtіοn Ηοw Tο Ѕіgn Uр Аt 1хвеt

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology