पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमलाई ज्ञापनपत्र बझाउँदै युनियनका अध्यक्ष सुवास विडारी

मकवानपुर /  नेपाल प्रेस युनियन मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार युनियनका अध्यक्ष सुवास विडारीले पत्रकार महासंघका अध्यक्ष गौतमलाई सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र चैत २५ गतेको अधिवेशन गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेपालको श्रमजीवी पत्रकारहरुको साझा संस्था पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियन मकवानपुरको साथ र सहयोग भएपनि महासंघ मकवानपुरले सदस्यता शुदीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा क्रियाशील सञ्चारकर्मीहरूलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस पठाएकोमा आपत्ती जनाउँँदै आएको अध्यक्ष विडारीले बताए ।

पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियन केन्द्रीय समितिले सुनुरीमा सम्पन्न गरेको बैठकले असहमति जनाउँदै नामालीको टुंगो लगाएर मात्र महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन  गर्ने निर्णय गरेको जनाएको छ । सदस्यता टुंगो नलगाई चैत २५ गते महासंघको अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ मकवानपुर आफै हुनुपर्ने भन्दै विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

 

 

रातो समाचार संवाददाता
थप जानकारी