रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाको मुटु भनेर चिनिने बुद्ध चोकमा  नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी बागमती प्रदेशले ३५ औँ जनआन्दोलन दिवसको अवसरमा शनिबार जनसभाको आयोजना गरेको छ । चितवन जिल्लाका इन्चार्ज भीम बहादुर खड्का धुर्वको सभाध्यक्षमा तथा चन्द्रहरि सुवेदी अटलको प्रमुख आतिथ्यमा जनसभा कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज खड्काले देशको जनतालाई मुक्त गराउन नयाँ सहरीया जनयुद्ध गर्ने मानिसहको अभाव भएको बताएका छन् । देश भ्रष्टार गर्ने मानिसहरु भएको ठाउँमा फसिरहेको उनले बताएका छन् । राष्ट्रयघाती अभियान सुरु गर्नका लागि केन्द्रिय समिती तयारी अवस्थामा रहेको बताए । युवाहरुको शक्ति जनविरोधी राष्ट्रघाती विरुद्धको अभियान सुरु गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय समिति तयार रहेको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी चन्द्रहरि सुवेदी अटलले देश दुरी बढीरहेको बताए । जनताले दुश गरेर काम गर्ने अवस्थाको सिर्जना नभएको बताए । एक महिनाको अवधिकमा ३ हजार ६ सय युवाहरु विदेशिने क्रम बढ्दै गएको उनको भनाई छ । बहुदलपछि गणतन्त्रको स्थापनामा विदेशीने क्रम दोब्बर सरकारी तथ्याङकमा उल्लेख भएको उनको दावी छ ।

कार्यक्रममा घाइते अपाङग संघका केन्द्रिय अध्यक्ष शिव गौतमले , महाधिवेशन आयोजक समिति सदस्य अन्जना तामाङ्ग, घननाथ सापकोटा, क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय संयोजक अम्बिका मुढवरी,महाधिवेशन आयोजक समिति सदस्य दुर्गा सुबेदी, राजिव तामाङ, अटल श्रेष्ठ, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम कडेल, पार्टी केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

 

 

रातो समाचार संवाददाता
थप जानकारी